हेटौडा, साउन ५
संविधानको मस्यौदामाथि सुझाव संकलनको क्रमममा हेटौंडामा प्रहरी र संविधानको मस्यौदामा असन्तुष्टि राख्ने पक्षबीच झडप भएको छ । झडपको क्रममा राप्रपा नेपालका सभासद् गणेश थापासहित १० जना भन्दा बढी घाइते भएका छन् । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत हेटौंडाको पल्पसा सभागृहमा सुझाव संकलन कार्य भइरह“दा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताहरूले मञ्चबाट माइक खोस्नुका साथै संविधानको मस्यौदा जलाएर कुर्सी तोडफोड गरेका थिए । त्यसलगत्तै सुझाव संकलन केन्द्र बाहिर राप्रपा नेपालको सभासद् गणेश थापाको नेतृत्वको टोली हिन्दु राज्यको माग गर्दै कार्यक्रमस्थल प्रवेश गर्न खोजेका थिए । राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच केहीबेर झडप भएको थियो । स्थिति तनावपूर्ण भएपछि करिब एक घण्टा सुझाव संकलन कार्य रोकिएको थियो । झडपको क्रममा राप्रपा नेपालका कार्यकर्ताले सभाहलको मूल गेट तोडफोड गरेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सुझाव राख्न जादा प्रहरीले गेट बाहिरबाटै लाठ्ठीचार्ज र निर्धात कुटपिट गरेको आरोप लगाउनुभयो ।
No comments:
Post a Comment