Wednesday, July 22, 2015

आन्दोलन छाडी लोकतान्त्रिक संविधान निर्माणमा लाग्न प्रधानमन्त्री कोइरालाको सुझाव

प्रधानमन्त्री शुशिल कोईरालाले संविधान निर्माण अन्तिम चरणमा पुगेको बताउनु भएको छ । बर्दियामा आयोजित सुझाव संकलन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री कोईरालाले यस्तो बताउनु भएको हो । उहा“ले करिब एक सय बर्षदेखिको संघर्षको उपलब्धी संविधान संविधानबाट प्राप्त हुन लागेको बताउनु भयो । प्रधानमन्त्री कोईरालाले अब बन्ने संविधानमा सम्पुर्ण जनता र पार्टीको भावनालाई समेटिने दावी गर्नुभयो । अहिलेको मस्यौदामा केही त्रुटी भएपनि त्यसलाई थप सल्लाह सुझाव दिएर सच्याउन जनतालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री कोइरालाले विगतको आन्दोलन र संघर्षबाट जनता जागेका कारणले यो उपलब्धी प्राप्त भएको बताउनुभयो । सबै जनतालाई  आफ्ना हक र अधिकारका निम्ति कम्मर कसेर लाग्न आग्रह गर्दै उहा“ले अब ढुगा मुढा गर्नु भन्दा राम्रो संविधान बनाउने कार्यमा अग्रसर हुन सुझाव दिनुभयो । यसैबीच हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै राप्रपा नेपालले सुझाव संकलन कार्यक्रमको विरोध गरेको छ । उनीहरुले सभासद्हरुलाई कार्यक्रम स्थलमै कालोझण्डा देखाएर नाराबाजी गरेका हुन । यस्तै प्रधानमन्त्री कोइरालाले आजै दाङको तुलसीपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दैे अहिलेको समय आन्दोलनको नभएको बताउनुभयो । लामो संघर्È र उतारचढाव पछि बन्न लागेको संविधानमा सबैको अधिकार सुनिश्चित हुने भन्दै उहा“ले सबैलाई सहयोग गर्न आह्वान गर्नुभयो । नया“ संविधान निर्माण्ँमा नागरिकहरूको उत्साह रहेको बताउ“दै कोइरालाले विभिन्न स्थानमा भइरहेका आन्दोलनलाई सामान्यको संज्ञा दिनुभयो । संविधान बन्नेमा ढुक्क हुन आग्रह गर्दै उहा“ले आन्दोलन छाडेर शान्तिपूणर््ँ संवादको माध्यमबाट सुझाव दिन आन्दोलनरत पÔलाई आग्रहसमेत गर्नुभयो । यसैबीच, प्रधानमन्त्री कोइरालालाई तुलसीपुर उद्योग वाण्ँिज्य संघले उद्योगको विकास, व्यवसायीहरूको सुरÔा र संघीय लोकतान्त्रिक संविधान जारी गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । यसैगरी नेपाल पत्रकार महासंघ दाङ र रिपोर्टर्स क्लब दाङले पनि पूणर््ँ प्रेस स्वतन्त्रतासहितको संविधान जारी गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

No comments:

Post a Comment