Wednesday, July 22, 2015

मुम्बई हमलाका दोषी याकुब मेमनलाई फाँसीको सजाय

सन् १९९३ मा भएको मुम्बई हमलामा दोषी ठहर भएका एक व्यक्तिलाई भारतको सर्वाेच्च अदालतले फासीको सजाय तोकेको छ । हमलामा दोषी ठहर भएको याकुब मेमनलाई भारतको सर्वाेच्च अदालतले फासीको सजाय दिएको हो । मेमनले गरेको पुनरावेदन खारेज गर्दै अदालतले उनको फासीको सजायलाई निरन्तरता दिएको हो । ममेनलाई सन् २०१३ मा टाडा कोर्टले फासीको सजाय सुनाएको थियो । यसको विरुद्ध मेमनले सर्वाेच्च अदालतमा पुनरावेदन अपिल गरेका थिए । तर सर्वाेच्चले भने मेमन बाहेक अन्य १० जना दोषीको फासीको सजाय जन्मकैदमा बदले पनि मेमनलाई भने फासीको सजाय नै तोकेको हो । सन् १९९३ को मार्चमा मुम्बईमा भएको १२ वटा श्रृङ्खलाबद्ध बम विस्फोटमा २ सय ५७ जनाको मृत्यु भएको थियो भने अन्य ७ सय जनाभन्दा बढी घाइते भएका थिए ।  श्रोत स् एजेन्सी

No comments:

Post a Comment