Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

Wednesday, July 22, 2015

‘भाले फाइट’ ट्रेलर र गीतमा बाबु र रीमाको रोमान्स

काठमाडौं : नेपाली समाजमा भालेफाइट खेलको रुपमा लोकप्रिय छ। यही विम्वलाई आधार मानेर बनाइएको सिनेमा ‘भालेफाइट’ले आफ्नो अफिसियल ट्रेलर र संगीत सार्वजनिक गरेको छ।

अष्ट्रेलिया रिलिजको छेकोमा सार्वजनिक ट्रेलरमा बाबु बोगटी, रीमा विश्वकर्मा, सन्दीप क्षेत्री फिचरिङ भएका छन्। निर्देशक एवं पटकथा लेखक अशोक राईले सिनेमालाई विदेशमा रहेका नेपालीले समेत रुचाउने विश्वास लिएका छन्।

सोसल ड्रामा जानरामा राखिएको सिनेमाको नेपाल रिलिज मिति तय भैसकेको छैन। अष्ट्रेलियाको मेलबर्नमा ९ अगस्टमा फिल्म प्रिमियर हुने भएको छ। सिड्नीमा ३० अगस्ट र ६ सेप्टेम्बरमा सिनेमा प्रिमियर हुने बताइएको छ।

हेर्नूस ट्रेलर


 पहिलोपोस्ट बाट

Monday, July 20, 2015

एकपटक हेर्नै पर्ने लिम्बू म्युजिक भिडियो...

सीता कुमारी सिंगकको सुमधुर स्वरले सजिएको गीत पाङदुङ पाङ्यकको नयां भिडियो सार्वजनिक भएको छ । गायक रुकमान लिम्बूको रुवुशा क्रिएटिभ वर्कसमार्फत विहीवार युट्युवमा सार्वजनिक उक्त गीतको म्युजिक भिडियो एक पटक